Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Dolpa

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Dolpa

Monday, Ashadh 01, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Introduction of district 2076-11-27

परिचय

.पृष्ठभूमि

नेपालको सबै भन्दा ठुलो जिल्लाको रुपमा परिचित यस जिल्लाको आफ्नै भौगोलिक बिशिष्टता रहेको छ ।  यस जिल्लालाई अधिकांश हिमाल, अग्ला थुम्का र पहाडहरुले ओगटेको छ । प्राकृतिक सौन्दर्यता र जडिबुटीले धनी यस जिल्ला पर्यटकीय स्थलको रुपमा पनि चिनिन्छ । साविक जुम्ला जिल्लाको तिब्रीकोट दराको रुपगार्ड, सुलीगार्ड खोला देखि पुर्व तर्फका २२ गाउँको क्षेत्र, साविक बाग्लुङको ८ हजार पर्वतका ९ गाउँको क्षेत्र र २९ गाउँको छार्का भोट क्षेत्र गरी बनेको डोल्पा जिल्लाको सम्पुर्ण क्षेत्रफलको ७५% छार्का भोट ओगटेको छ । यस क्षेत्रलाई १२ डाली ल्हागु पनि भनिन्छ । यसैको आधारमा बि.स.२०१८ सालमा जिल्ला कायम हुँदा यस जिल्लाको नाम डोल्पो रहेको थियो । त्यसै नाम परिवर्तन हुन गई हाल यस जिल्लाको नाम डोल्पा रहन गयो । नेपालको सबै भन्दा गहिरो शे-फोक्सुण्डो ताल, विश्‍वकै सबै भन्दा पछि जानकारीमा आएको बस्ती भिजेर गा.वि.स.को "कु" गाँउ  विश्वकै सबै भन्दा अग्लो स्थानमा रहेको धो तराप बस्ती यसै जिल्लामा पर्दछन् ।

.१ भौगोलिक स्थिति

  • प्रदेश                 :- कर्णाली
  • जिल्ला              :- डोल्पा
  • सदरमुकाम          :- दुनै
  • गाँउपालिका        :- ६ ( जगदुल्ला, मुड्केचुला, शे-फोक्सुण्डो, डोल्पोबुद्ध, छार्काताङसोङ र काईके) 
  • नगरपालिका       :- २ ( त्रिपुरासुन्दरी र ठुलीभेरी) 
  • निर्वाचन क्षेत्र       :- १
  • क्षेत्रफल             :- ७,८८९ बर्ग कि.मि. नेपालको कुल क्षेत्रफलको ५.३६%
  • निकुञ्ज               ः- शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज ( ३५५५ वर्ग कि.मी) 
  • अक्षांश              :- २०२४" उत्तरदेखि २९ ४३"
  • देशान्तर             :- ८०२४" पुर्वदेखि ८३३८"
  • जनसंख्या           :- ४२७७४ (२०६८ को जनगणना अनुसार)
  • पुरुष                  :- २१३७१ जना
  • महिला               :- २१४०३ जना

.२ भौगोलिक सिमाना

  • पूर्व                           :- मुस्ताङ, चीनको तिब्बत
  • पश्‍चिम                      :- जुम्ला र मुगु
  • उत्तर                        :- चीनको तिब्बत ।
  • दक्षिण                       :- जाजरकोट र रुकुम ।

 

 

.३ जिल्लामा प्रवेश गर्ने नाकाहरु

  • रुकुम जिल्लाको त्रिवेणी र ठाँगे लेक ।
  • जुम्ला जिल्लाको मौरे लेक ।
  • मुस्ताङ जिल्लाको साङ्ता लेक ।
  • मरिम नाका चीनको तिब्बत ( आवधिक व्यापारिक नाका)
  • क्याटो नाका चीनको तिब्बत ( आवधिक व्यापारिक नाका)
  •  

. भौगोलिक विभाजन

यस जिल्लालाई निम्न लिखित चार भौगलिक क्षेत्र (Ge-ographic regions) मा वाँड्न सकिन्छ

 

भोट क्षेत्र: जिल्लाको सम्पूर्ण जसो उत्तरी भाग यस क्षेत्रमा पर्दछ । यस भू- भागको उचाई समुद्री सतहदेखि ३६६० देखि ४८७८ मिटर सम्म रहेको छ । तिब्बती सीमा र हिमाली क्षेत्रको बीचमा रहेको यो उच्च पठार (High plateau) नेपालको सबै भन्दा सुख्खा क्षेत्रको रुपमा रहेको छ । यस क्षेत्रमा रहेका बस्तीहरु संसारका सबैभन्दा उचाइमा रहेका बस्तीहरु मानिन्छन ।

हिमाली क्षेत्र

       समुन्द्री सतहबाट ५००० मिटरभन्दा माथि बाह्रै महिना हिउँले ढाकिने क्षेत्र यस प्रदेशमा पर्दछ । यस जिल्लाको दुई महापर्वतीय हिमश्रृङ्खलाहरु (धौलागिरी र काञ्जिरोवा हिमश्रृङ्खला) पूर्व पश्चिम फैलिएर रहेका छन । पर्वतारोहण र ट्रेकिङको लागि महत्वपूर्ण मानिने यस क्षेत्रमा बर्षैभरि तापक्रम ऋणात्मक हुनेगर्छ । यस क्षेत्रमा धौलागिरी हिमाल (७७५४मि.),चुरेन हिमाल(७३७१ मि.), पुँठा हिमचुली(७२४९ मि.), माउन्ट पुथा हिमचुली(७२४६ मि.), मुकोट हिमाल (६६३८ मि.), काञ्जिरोवा हिमाल(६२२१ मि.), डाँफे शैल(६१०३ मि.) र अरनिको चुली(६०३४मि.) र नुमला बगला पास लगायतका ५,००० मिटर भन्दा अग्ला भाग तथा सधै हिउँले ढाकिरहने पर्वत श्रृखलाहरू पर्दछन् ।

अल्पाइन क्षेत्र :

            हिमाली भू-भागको एक मुख्य शाखाको रुपमा यो क्षेत्र रहेको छ । यस क्षेत्रमा उच्च पठार तथा श्रृङ्खला (High altitude plateau and ranges) रहेको छ । यस क्षेत्र हिउँदमा हिउँले ढाकिएको हुन्छ  भने ग्रीष्ममा हिउँ पग्लिई घाँसे क्षेत्रको रुपमा रहन्छ । यस क्षेत्र चरण क्षेत्रको रुपमा अति महत्वपूर्ण रहेको छ । यस भेगका मानिसहरू मौसम अनुसार बसोबास गर्ने र गोठ तल माथि सार्ने गर्दछन् । यहाँका मानिसहरू न्यानोको लागि बख्खु र ऊनीका बाक्लो लुगा लगाउने गर्दछन् भने भेडाबाख्रा, चौरी आदि पालन गर्ने गर्दछन् । तुलनात्मक रुपमा यहाँको जनजीवन कठिन रहेको छ । विशेषत: यस क्षेत्रमा प्रसिद्ध जडिबुटी यार्सागुम्बा पनि पाइन्छ । विशेषगरी धो उपत्यका, तिन्जे उपत्यका, शे-गुम्बा, फोक्सुण्डो ताल, सुलीगार्ड झरना, दुधकुण्डली, जगदुल्ला ताल आदि यस क्षेत्रमा पर्दछन

पहाडी क्षेत्र

यस क्षेत्र अन्तरगत ठूला नदीहरुका किनारा एवं बेसीदेखि लिएर समुन्द्री सतहबाट १५२५ मिटरदेखि ३६६० मिटरसम्मको उचाईमा यस भू-भाग पर्दछ । यस जिल्लाको दक्षिण पश्चिम रहेका ठुलीभेरी र सानी भेरी नदीका किनार एवं साना पहाडी क्षेत्रमा अधिकांश बस्तीहरु रहेका छन । यस क्षेत्रमा घना बनजंगल एवं खेती योग्य उर्वर जमिन रहेको पाइन्छ । दुनै, जुफाल, माझफाल, त्रिपुराकोट, पाहाडा, लिकु, सुँ, ल्हाँ, कालिका, नर्कु, सर्मी, रिमी, काईगाउँ आदि यस क्षेत्रका प्रमुख स्थानहरू हुन । यहाँको जनजीवन अन्यत्र भन्दा सामान्य भएतापनि उत्पादनको न्यूनता र उद्योग व्यापारको कमीले गर्दा जनताहरूको जीवनस्तर माथि उठ्न सकेको छैन । अझैपनि खेतीपाती र पशुपालन यस जिल्लाका बासिन्दाहरूको मुख्य पेशा रही आएको छ ।

 

.हावापानी

हावापानी, तापक्रम र वर्षा

  • हावापानी           :- लेकाली र शितोष्ण
  • सदर तापक्रम     :- अधिकतम २०, न्यूनतम -१०
  • वर्षा                   :- वार्षिक सरदर ४९९ मि.ली.

 

.नदीनाला, ताल तथा पोखरी

यस जिल्लाबाट बाहिर बगेर निस्कने नदीहरूमा ठुलीभेरी र सानीभेरी मुख्य छन् । ठुलीभेरीको  उद्गमस्थल पुथा हिमाल हो भने सानीभेरीको उद्गमस्थल जगदुल्ला ताल हो । यस्तै अन्य खोलाहरूमा फोक्सुण्डो खोला, रिग्मो खोला  रुपगार्ड खोला, छलगार्ड खोला, चुगार्ड खोला र अन्य स–साना खोलाहरू पनि असंख्य मात्रामा रहेका छन् । साथै यस जिल्लामा फोक्सुण्डो ताल, जगदुल्ला ताल, दुधकुण्डली ताल, छमकुनी तालका साथै स-साना दह तथा पोखरी  रहेका छन । 

.जैविक विविधता

टुन्ड्रा, शितोष्ण, लेकाली हावापानी र थोरै दूरीमा उचाईको धेरै फरकपनले गर्दा यस जिल्लामा उष्णदेखि हिमाली भेगमा पाईने विभिन्न किसिमका जीव तथा वनस्पतिहरू पाईन्छन् । हावापानी र भू बनोटको विविधताको कारण १००० भन्दा बढी प्रजातिको वनस्पतिहरु मध्ये २१ प्रजातिका रैथाने ८०० भन्दा बढी प्रजातिका झ्याउ, ४६ भन्दा बढी प्रजातिका स्तनधारी जनावर, २५० भन्दा बढी प्रजातिका चरा, सरिसृप तथा उभयचर शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र यस जिल्ला वरिपरी पाईन्छ । खोटे सल्ला, चिलाउने, लालीगुराँस, उत्तीस, निलो सल्ला जिल्लाको पहाडी तथा बेंसीहरूमा पाईन्छ भने खस्रु, भोजपत्र, गोब्रे सल्ला, ठिङ्ग्रे सल्ला, धुपी सल्ला, चिमाल गुराँसका अन्य विभिन्न प्रजातिहरू, सुनाखरीका प्रजातिहरू लेकाली तथा हिमाली क्षेत्रहरूमा पाईन्छ । फूल नफुल्ने बिरुवामा पर्ने पतझड कोणधारी वनस्पतिहरु पनि यस क्षेत्रमा पाइन्छ । लौठ सल्ला, अतिष, कपासी फुल, पदमचाल, बिख, निरमसी, जटामसी, झिँगामारो विष, कुटकी, डालेचुक, पाँचऔले, सतुवा, बनलसुन, गन्धरानी, सुगन्धवाल, यार्सागुम्बा, गुछ्छीच्याउ जस्ता औषधीजन्य एवं संकटापन्न वनस्पतिहरू यस जिल्लाको सम्पत्ति हुन् ।  जैविक विविधताको धनी यस जिल्लाको अर्को चिनारी रेडपाण्डा (हाब्रे), हिउँचितुवा, हिमालयन थार,कस्तुरी मृग, खैरो ब्वाँसो, जङ्गली कुकुर, जङ्गली बिरालो, फ्याउरो, तिब्बती खरायो हुन । ४,५०० मिटरसम्मको उचाईमा पाईने यि जनावरहरु नेपाल सरकारद्वारा संरक्षित जनावर हुन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ ले संरक्षित जनावरको सूचीमा राखेको खैरो ब्वाँसो, हिउँ चितुवा, कस्तुरी मृग, तिब्बती खरायो, निलो भेडा (नाउर) त्यस्तै डाँफे, मुनाल, कालिज, च्याँखुरा जस्ता संरक्षित पंक्षीहरू यस जिल्लाका अन्य आकर्षण हुन । यस क्षेत्रमा गिद्ध, चील, डिकुरे भ्याकुर लगायत विश्वमै संकटापन्न तथा लोपोन्मुख अवस्थामा रहेका १२ प्रजातिका चराहरू पनि पाईन्छ । हाडखोर, हिमाली गिद्ध, कोङमा हिउँकुखुरा, हिमाली पिउरा जस्ता चराका प्रजातिका कारण यस जिल्ला चरा अध्ययन अनुसन्धान तथा चरा पर्यटनको लागि पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ ।

६. धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक स्थलहरू

      विभिन्न जातजाति, भाषाभाषी, सम्प्रदाय र धर्मावलम्बीहरूको बसोबास रहेको यस जिल्लामा विभिन्न धार्मिक एवम् साँस्कृतिक रूपले महत्वपूर्ण मानिने तालतलैया, मठमन्दिर, गुम्बाहरू रहेका छन । त्रिपुरासुन्दरी नगरपालिकाको वडा नं. १ स्थित त्रिपपुरासुन्दरी मन्दिर, शे-फोक्सुण्डो गाउँपलिकाको साल्दाङ्गमा रहेको शे-गुम्बा, धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिकस्थलहरूको धरोहत यस जिल्लामा रहेका छन ।4

 

 

 

७. भू-उपयोग

टोपोग्राफिक नक्साका अनुसार यस जिल्लाको कुल क्षेत्रफल ७,८७९ वर्ग कि.मि. रहेको छ । जसमध्ये घाँसले ढाकेको क्षेत्र ३१.४७%, चट्टान, भिर,पहरा, हिमक्षेत्र आदीले ५९.२६%, बनले ढाकेको क्षेत्रफल ७.५९% रहेको छ भने बनले ढाकेको करिव ३०% भाग शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र पर्दछ । यस जिल्लाको कुन क्षेत्रफलको ०.७५ % जग्मा मात्र खेतीयोग्य जमिन रहेको छ । कुल क्षेत्रफलको ०.४६% झाडी, बुट्यानले ओगटेको छ । ६८% भू-भाग ४० डिग्रि भन्दा बढी भिरालोपना रहेको छ ।

.जात जाती र धर्म

 यस जिल्लामा मुख्य रुपमा व्राम्हण, क्षेत्री, गुरूङ, मगर, थकाली,डोल्पो, दमाई, कामी र नेवार जातिका मानिसहरू बसोबास गर्दछन । मुख्य बोलिने भाषाहरू  नेपाली, तिब्बती खाम र काइके हुन । यस जिल्लामा बहुसंख्यक जाति क्षेत्री,ब्राम्हण दमाइ, कामी, नेवारले हिन्दु धर्म मान्दछन भने अल्पसङ्ख्यक जाति गुरुङ र मगर समुदायले बौद्ध धर्म मान्दछन र केही समुदायले क्रिश्चियन धर्म मान्दछन् ।

 ९.जलविद्युत आयोजना

यस जिल्लामा  लघु जलविद्युत आयोजनाहरु देहायका स्थानहरुमा संचालन भएका छन :

  1. जैरीगार्ड जलविद्युत आयोजना, दुनै                          :- २०० किलोवाट
  2. त्रिपुराकोट लघुजलविद्युत आयोजना, त्रिपुराकोट        :- २१ किलोवाट
  3. हिराघट्ट लघुजलविद्युत आयोजना, पाहाडा                :- २१ किलोवाट
  4. ल्हाँ लघुजलविद्युत आयोजना, पालङ्ग                    :- २१ किलोवाट
  5. कालिका लघुजलविद्युत आयोजना, कालिका           :- २१ किलोवाट
  6. ईल लघुजलविद्युत आयोजना, ईल                          :- २१ किलोवाट
  7. नर्कु लघुजलविद्युत आयोजना, नर्कु                         :-  २१ किलोवाट
  8. सर्मी लघुजलविद्युत आयोजना,सर्मी                        :- २१ किलोवाट
  9. कुच्चेखोला लघुजलविद्युत आयोजना, रिमी             :- २१ किलोवाट
  10. फोइगार्ड लघुजलविद्युत आयोजना, काइगाउँ             :- ५५ किलोवाट
  11. आँखेखोला लघुजलविद्युत आयोजना,रह                 :- २१ किलोवाट
  12. पुग्मोखोला लघुजलविद्युत आयोजना,फोक्सुण्डो         :- २१ किलोवाट

.संचार गृह तथा पत्रपत्रिका

 यस जिल्लामा २ वटा एफ.एम. रेडियो, १ वटा साप्ताहिक पत्रिका , १ वटा जिल्ला हुलाक कार्यालय तथा इलाका हुलाक ७ र अतिरिक्त हुलाक १५ वटा रहेका छन् :

  1. रेडियो डोल्पा एफ.एम:- १०१.४ MHZ
  2. रेडियो त्रिपुरा एफ.एम:- ८९.६   MHZ
  3. हिमाली सुस्केरा साप्ताहिक

 

 

 


Last Updated : 2083-02-27 16:05:12

© All Rights Reserved to District Administration Office, Dolpa .