2076-03-25
2076-03-25
डोल्पा जिल्लामा टाईफाइटको संक्रमण फैलिएर दिन प्रतिदिन बिरामीहरुको संख्या बढीरहेको र यस डोल्पा जिल्ला अस्पतालको क्षमता १५ शैयाको मात्र भएकोले शैयाको संख्या अपुग भई बिरामीलाई भुईमा राखी उपचार गर्नुपर्ने अवस्था रहेकोले तुरुन्त थप शैया, त्यसैगरी यहाँ उपलब्ध भएको जनशक्तीले उपचार गर्न समेत अपुग भएकाले थप स्वास्थ्यकर्मीको टोली, Blood Culture गर्ने ल्याब टोली, प्रभावित क्षेत्रका जनतालाई वितरण गर्न पियूस लगायतका सामाग्री तुरुन्त उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाण्डौमा अनुरोध गरिएको छ । साथै यस जिल्लाका जिल्ला बासीहरुलाई पानी दुषित भएकोले पानी उमालेर, पियूस राखेर र पानी फिल्टर गरेर मात्र खान अनुरोध छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, डोल्पा
Powered By: ProActive Developers