Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डोल्पा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डोल्पा

शनिबार, श्रावण ९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मुड्केचुलामा बाढी पहिरो

२०७६-०४-०८ २०७६-०४-०८

मिति २०७६/०३/२८ गते दिन अन्दाजी ३:३० बजेको समयमा डोल्पा जिल्ला मुड्केचुला गाउँपालिका वडा नं. १ स्थित रहेको कासिल खोलामा आएको बाढीले क्षति पुर्याएको सम्बन्धमा प्र.जि.अ.नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी करीब ५० जनाको टोलीले घटनास्थलको स्थलगत निरिक्षण तथा उद्धार, खोजतलास गर्दा डोल्पा जिल्ला मुड्केचुला गाउँपालिका वडा नं. १ बस्ने धर्मराज बोहोरा र ऐ वडा नं. २ बस्ने फुल कुमारी सार्की भन्ने चन्द्रा कुमारी सार्कीको मृतक लाश फेला परेको । ऐ गाउँपालिका वडा नं. ३ बस्ने प्रेम सिंहको छोरा बर्ष १४ को सुरेश सिंह, ऐ बस्ने दन्त बहादुर बि.क. को श्रीमति बर्ष ३७ की साउनी बि.क. सम्पर्कमा आएको र उल्लेखित घटनामा परि डोल्पा जिल्ला मुड्केचुला गाउँपालिका पञ्चराम सार्की, लव कुमार रोकाया, कालि बहादुर बोहोरा, धनरुपा बोहोरा, सरिका बोहोरा, वृहस्पती बोहोरा, यमूना बोहोरा, निर्मल बोहोरा,सुना सार्की वेपत्ता रहेको । उक्त खोलामा अविरल बर्षाको कारण आएको बाढीले मुड्केचुला गाउँपालिका वडा नं. १ बस्ने जग बहादुर बोहोरा, रत्नी बोहोरा, धर्मराज बोहोराको ढुंगा माटोले बनेको कच्ची घर पुर्ण रुपमा बगाई लगेको । कासिल खोलामा अविरल बर्षाको कारण आएको बाढीमा २ जनाको मृत्यु भएको ,९ जना बेपत्ता भएको, ४ वटा घर पुर्णरुपमा क्षति भएको, लघुजलविद्युत तथा खानुपानी ट्याङ्की समेतमा क्षति पुगेको हुदाँ सो स्थानका पीडित परिवारहरुलाई राहत वितरण तथा पीडितहरुको अनुगमन तथा राहत वितरण गर्न उद्योग बन पर्यटन तथा वातावरण मन्त्री माननीय श्री नन्दसिंह बुढा, पूर्व शान्तिमन्त्री तथा माननीय सांसद श्री सत्य पहाडी, माननीय प्रदेश सभासद विर बहादुर शाही, पदमा बोहोरा लगायतको टोली आई राहत गरेको

पछिल्लो अपडेट गरिएको : 2083-03-31 09:19:22

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, डोल्पा